२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संघीयतालाई कमजोर बनाउने खेल भइरहेको छ’ : डा. सिके राउत

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देशमा संघीयतालाई कमजोर बनाउने खेल भइरहेको दाबी गरेका छन् । 

बारा सदरमुकाम कलैयामा आज आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उहाँले देशमा संघीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाए ।  

“सङ्घीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन । सङ्घ सरकारकै मातहतमा कर्मचारी, प्रहरी प्रशासन रहेकाले प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसक्ने अवस्था छ”, अध्यक्ष राउतले भने,“संघीयताका लागि सरकार र देशका ठूला पार्टीहरूकै राम्रो भूमिका खेल्न सकेनन् ।”

उनले तराई मधेसको हकअधिकारलाई स्थापित गर्न यहाँबाट प्रतिनिधित्व गर्ने सबै दल एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । अध्यक्ष डा. राउतले संविधान संशोधनको माध्यमबाट तराई मधेसलगायत देशका समस्या सम्बोधन गर्न अपरिहार्य रहेको बताए । 

उनले सरकारले जनतामा आशा जगाउने गरी आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिए। “नेपाली जनताको आशा र भरोसा गरेका काँग्रेस र एमाले मिलेर सरकार बनेको छ । यसले जनतामा रहेको निराशा हटाउने गरी काम गर्नुपर्छ, तर हालको भूमिका राम्रो नभएका हाम्रो बुझाई छ”, डा राउतले भने। 

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गठबन्धन सरकार भएको कारण मधेसमा चाहेजस्तो विकास गर्न नसकिएको धारणा राखे । विविध समस्याका बाबजुद प्रदेश सरकार मधेसी जनताको विकासको चाहना र अधिकार रक्षाका लागि निरन्तर प्रयास गरिरहेको बताए । 

पार्टीका जिल्ला अध्यक्ष शवनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, मधेस प्रदेश सभाका निवर्तमान सदस्य पारस साहलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता जनमतमा प्रवेश गरेका छन् ।