२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको दाबी : ‘अरूको भन्दा काँग्रेसकै आदर्श र सिद्धान्त राम्रो छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्य प्रतिस्पर्धी पार्टीमध्ये आदर्श र सिद्धान्त आफ्नै पार्टीको राम्रो भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भएको उनको भनाइ थियो ।

‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्त्वपूर्ण कुरा छ । प्रतिस्पर्धी पार्टीहरूमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक छ,’ देउवाले भनेका छन् ।

काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउन सके बहुमत प्राप्त गर्ने पार्टीका रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो ।

‘सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरूलाई अझ व्यापक रूपमा बुझाउन सके नेपालमा नेपाली काँग्रेस एउटा ठूलो पार्टी त छँदै छ, अझ बहुमत प्राप्त गर्न सक्ने पार्टी हुनसक्छ,’ देउवाले भनेका छन् ।

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरूलाई काँग्रेसमा समेट्न जरुरी रहेको बताए ।