काठमाडौँ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खोलिएको छ ।
३० असारदेखि नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला शुक्रबार नगर प्रहरीले सुरक्षाकर्मीको उपस्थितिमा खोलेको हो ।
५ दिनदेखि लगाइएको तालाबन्दी आन्दोलनरत पक्षसँग औपचारिक संवादविनै खोलिएको हो । तालाबन्दीले कार्यालयको सेवा प्रवाहमा लगातार बाधा पुगिरहेको जनाउँदै जिल्ला सुरक्षा समितिको पहलमा तालाबन्दी हटाइएको छ।







