२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छ’: प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरे ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा ‘फिनिक्स इन्स्पिरेसन’द्वारा आज आयोजित नेपाल-चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरू भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताए । 

“यसले पुस्ता पुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहु आयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरू लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरू हुन्छन्”, प्रधानमन्त्री ओलीले भने, “दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन । मित्रताका लागि गच्छे चाहिँदैन । गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ । अझ व्यापक बनाइनेछ ।”