२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापति परिणत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित विशेष समितिको संयोजक पदलाई सभापतिमा परिणत गरिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकले उक्त अध्ययन समितिमा सभापति रहने सहमति दिएको हो । सभामुख देवराज घिमिरेले समिति गठन भएको दिनबाटै लागू हुने गरी संयोजक पदलाई सभापति काम गरिएको बताए । 

संघीय निजामती सेवा विधेयक, २०८० माथिको राज्यव्यवस्था समितिको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि यही असार २३ गते प्रतिनिधिसभाद्वारा विशेष समिति गठन भएको थियो । प्रतिनिधि सभाद्वारा गठित उक्त विशेष समितिको संयोजक तोकिएकामा सदनभित्रै त्यसको विरोधसमेत भएको थियो ।

निजामती सेवा विधेयकलाई राज्यव्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउँदा अवकाशप्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी भएका विषयमा अध्ययन तथा छानबिनका लागि उक्त विशेष समिति गठन भएको थियो ।