२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान

अ+ अ-

काठमाडौँ । ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ । प्रेमको प्रतीक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई १० हजार नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको छ ।

नगरपालिकाले बिहे गरेको १० वर्ष भएको र परिवारसँगै समाजमा पनि मिलेर बसेका उत्कृष्ट १२ दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको हो । आइतबार पालिकाले हरेक वडाबाट १-१ उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको पालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए । ।

ढकालका अनुसार सुन्दरहरैँचामा १२ वटा वडा छन् । १२ वटै वडाबाट एक एक जोडी छनोट गरी सम्मान गरिएको हो । ‘समाजमा परिवार विघटनका घटनाहरू बाहिर आइरहेका छन्, राम्रा जोडी छन् भन्ने सन्देश दिनका लागि ‘ढुकुर जोडी’ खोजी गरेर सम्मान गरिएको हो,’ ढकालले भने ।

नगरपालिकाले सभ्य र संवेदनशील पारिवारिक सम्बन्ध विकास गर्न र मेलमिलापपूर्ण परिवार निर्माणमा टेवा पुगोस् भन्ने उद्देश्यले यो अभियान पहिलो पटक सञ्चालन गरिएको उनले बताए ।