२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमानबाट कुलमान घिसिङले भने-‘उज्यालो अभियानले नयाँ नेतृत्व जन्माउन सक्छ’

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो अभियानबाट नयाँ नेतृत्व जन्माउन सक्ने बताएका छन् ।

बहराइनबाट उज्यालो अभियान सुरु गरेका घिसिङको सम्मानमा गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)द्वारा बिहीबार ओमानको राजधानी मस्कटमा आयोजित उज्यालो संवादमा उनले देशको समग्र क्षेत्रलाई जागरण ल्याउने अभियानको रूपमा यसलाई अगाडि बढाइएको बताए ।

‘यो अभियान देशलाई समृद्ध बनाउने हो । देशलाई आजको स्थितिबाट परिवर्तन गर्ने अभियान नै हो । देशको समग्र क्षेत्रलाई जागरण ल्याउने अभियान हो,’ उनले भने,‘यसबाट राम्रो नेतृत्व जन्माउने हुन सक्छ ।’

उनले अहिले नेतृत्वमा देखिएको विश्वासको संकटलाई समाधान गर्न जरुरी रहेको बताए । ‘अहिले नेतृत्वमा ठूलो विश्वासको संकट छ । यसलाई समाधान गर्दै नेतृत्वमा ठूलो परिवर्तन हुनुपर्छ । हामीले तत्काल राजनीतिक बहस चलाएको छैन,’ उनले भने,‘सही व्यक्ति सही ठाउँमा लैजानुपर्छ । राजनीतिक तहमा माथिदेखि तलसम्म सुध्रिँदै गएपछि सम्बोधन गर्नुपर्ने प्राविधिक विषयहरू आफै मिल्दै जान्छ ।’

घिसिङले कात्तिकमा रुपन्देहीको हुन गइरहेको संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने संकेत गरेका छन् । ‘अहिले नै पार्टी खोल्ने अभियान होइन । एउटा व्यक्ति एक ठाउँमा गएर वा एउटा सांसद भएर मात्रै परिवर्तन सम्भव छैन । राज्यको संयन्त्र नै चलाउन सक्नुपर्छ,’ उनले भने,‘यो अभियानमा हामी जोडिँदै जानेछौँ । टिम बनाउनेछौँ । विस्तृत खाका बन्दै गर्छ ।’

उनले विदेशमा रहेका नेपालीलाई जोड्न डिजिटल प्लेटफर्म बनाउन लागिएको बताए । ‘यस्तो पोर्टल देशगत हिसाबले बन्छ,’ उनले भने ।