२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठक सिंहदरवारमा जारी

अ+ अ-

काठमाडौँ । देशको समष्टिगत आर्थिक परिसूचकको अवस्था, प्रवृत्ति, सार्वजनिक वित्त परिचालनको अवस्था, राष्ट्रिय गौरवका आयोजनाको प्रगति स्थिति समस्या र  समाधानको विषयमा छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा जारी रहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले १६ वटा विषय बैठकमा प्रस्तुत गरे ।

जसमा विकासको प्रारूप मोडल परिवर्तन, मध्यमकालीन खर्च संरचना, अति कम विकसित देशबाट स्तरोन्नति,राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, पूर्वाधार निर्माण,शिक्षा, सीप विकास, क्षमता विकास,वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण,स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य सम्बन्धी औषधी तथा उपकरण खरिद, पर्यटन, कूटनीतिक नियोगको घरजग्गा खरिद, बहस पैरवी तथा कानुनी प्रतिरक्षा गर्ने व्यवस्था, जनशक्ति व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह, राष्ट्रिय विकास समस्या समाधान समितिको निर्णय कार्यान्वयन लगायतका विषयहरू प्रस्तुत गरिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सामाजिक तथा पूर्वाधार विकासको अद्यावधिक अवस्था, दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अद्यावधिक स्थिति, राष्ट्रिय गौरवका आयोजना र पहिलो प्राथमिकताका आयोजनाको प्रगति स्थिति, प्रदेशहरूको समष्टिगत आर्थिक अवस्था राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका निर्णय कार्यान्वयन बारे प्रस्तुतीकरण गरे ।

बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, शहरीविकास मन्त्री प्रकाशमान सिंहलगायत सबै मन्त्री, प्रदेश मुख्यमन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू र विशिष्ट श्रेणीका कर्मचारी उपस्थित छन् ।