काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेकका सबै पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेका छन्। कार्यक्रम स्थगन गर्दै प्रधानमन्त्री ओलीले आपत्कालीन सहायता उपलब्ध गराउन समन्वयका लागि आफू सक्रिय रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूलाई उद्धार गर्न सरकार युद्ध स्तरमा लागेको छ।’
उनले उद्धार र राहत कार्यमा सरकारका तर्फबाट कुनै कमी हुन नदिन सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन्। साथै सरकारी निकायहरूले गरिरहेको उद्धार प्रयासमा सबैले सक्दो सहयोग गर्नुपर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।







