काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडल र तत्कालीन उपप्रमुख रेणु देवी झासहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले सोमबार उनीहरूसहित देव कन्स्ट्रक्सन विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना/हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँ मुद्दा दायर गरिएको हो ।







