२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सांसद राणाले भने-‘बैंक र उद्योगी छुट्याउनुपर्छ तर तत्काल होइन’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले बैंकर्स र उद्योगी छुट्याउनुपर्ने भए पनि तत्कालै छुट्याउँदा अर्थतन्त्रमा ठुलो समस्या आउने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले नमिल्ने बताए ।

तर बैंकर्स र उद्योगी छुट्याउँदा कतिपय व्यवहारिक पाटोलाई हेरिनुपर्ने उनको तर्क छ ।

‘कुनै व्यक्तिको एउटा बैंक छ भने ऊ बैंकर्स नै हुनुपर्‍यो । बैंकर्स र व्यापारी दुवै हुन सुशासनको सिद्धान्तले पनि मिल्दैन । यसले स्वार्थको द्वन्द्व निम्ताउँछ,’ उनले भने, ‘यो कुरामा म सहमत छु तर, अहिले नेपालको सन्दर्भ फरक छ । हामी व्यवहारिक पनि हुनुपर्छ ।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका राणाले बैंक र उद्योगी छुट्याउने सम्बन्धी व्यवस्थालाई अहिले दफामा राखे पनि लागु गरिहाल्न नहुने तर्क गरे । ऐन कार्यान्वयन भएको १५ वर्षपछि सोसम्बन्धी दफा लागु गर्नुपर्ने उनले बताए ।

‘अहिले नेपालमा प्रमोटरहरूले आफ्नो शेयरहरू धितो राखेर अहिले उहाँहरूले आफ्नो बैंकबाट होइन, अरू बैंकबाट पैसा निकालेका छन् । यो हामीले नपाउने भनेको छ, त्यो ठिकै छ,’ उनले भने, ‘स्वार्थको द्वन्द्वको हिसाबले यो ठिक छ तर अहिले नेपालमा अलिकति ठुला व्यापारी भनेका सय, डेढ सय छन् र अहिले हामीले यसलाई ठ्याक्कै लिमिट गर्ने बित्तिकै हाम्रो अर्थतन्त्रमा केही लिक्विडिटिमा समस्या ल्याउँछ ।’

उनले थपे, ‘त्यसैले यसलाई हटाउने होइन, यो व्यवस्था कार्यान्वयनका लागि मैले १५ वर्षको प्रस्ताव गरेको छु ।’

सांसद राणाले अर्थतन्त्र अहिले संवेदनशील अवस्थामा रहेको बेला हचुवाका अघि बढ्न नहुने धारणा राखेका छन् ।