२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजना आयोग उपाध्यक्ष अधिकारी र बांङ्लादेशका राजदूतबीच भेटवार्ता, व्यापारजन्य अवरोध हटाउनेबारे छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपालका लागि बांङ्लादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरवारस्थित आयोगमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको आयोगले जनाएको छ ।

भेटका क्रममा योजना आयोग उपाध्यक्ष अधिकारीले नेपाल र बांङ्लादेशबीच द्विपक्षीय व्यापारको उच्च सम्भावना रहेको बताए । उनले नेपालका मेडिकल विद्यार्थीले काँकडभिट्टा-फूलबारी-बंगलाबन्ध मार्ग प्रयोग गरिरहेको र त्यसमा सहजीकरण गर्न ध्यानाकर्षण गराए ।

भेटमा सन् २०२६ मा नेपाल र बांङ्लादेश अतिकम विकसित मुलुकबाट सँगै स्तरोन्नति हुन लागेका सन्दर्भमा त्यसबाट सिर्जित हुने चुनौती र अवसरका विषय र नेपालको हिमालय क्षेत्रदेखि बंगलादेशको सामुद्रिक क्षेत्रसम्म सहज व्यापारिक सम्बन्ध स्थापित गर्ने एवं त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको थियो ।

उनीहरूबीच द्विपक्षीय व्यापार पारवहनका क्षेत्रमा गर्नुपर्ने सुधार एवं नेपालको पूर्वी नाका काँकडभिट्टा-फूलबारी-बंगलाबन्ध व्यापारिक मार्गमा रहेका व्यापारजन्य अवरोधमा सहजीकरण गर्नेबारे समेत छलफल भएको छ । नेपाल र बांङ्लादेशका पर्यटकीय गन्तव्यबीच सहज आवागमन सहजीकरण तथा घरेलु उद्योग–व्यापार सहजीकरण निर्यात प्रवर्द्धनबारे समेत छलफल भएको आयोगले जनाएको छ ।

भेटमा राजदूत रहमानले नेपाल र बांङ्लादेशबीच व्यापार तथा पारवहनमा सहजीकरण गर्न आग्रह गरे । उनले द्विपक्षीय हितका निम्ति जनतासँग जनता र व्यापारसँग व्यापार सहकार्य आवश्यक रहेको भन्दै बांङ्लादेशले नेपालबाट थप परिमाणमा विद्युत् आयातमा इच्छुक रहेको समेत जानकारी दिए ।