२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक हिलाम्य बनेपछि धान रोपेर विरोध, मेयर भन्छन् – “निर्माणको क्रममा यस्तो हुनु स्वाभाविक हो”

अ+ अ-

अछाम । जिल्ला सदरमुकामसमेत रहेको मंगलसेन बजारको मुख्य सडक हिलाम्य भएपछि स्थानीयले अनौठो शैलीमा विरोध जनाएका छन् । स्थानीयले गोरु जोतेर खेतजस्तै बनाइएको सडकमा धान रोपी आफ्ना गुनासा पोखेका हुन् ।

सडक बजार क्षेत्रको प्रमुख आधार भए पनि वर्षौँदेखि निर्माण नहुँदा सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । ‘मंगलसेन बजारदेखि जिल्लाका सबै विद्यालय र क्याम्पसमा जाने मुख्य बाटो यही हो । हरेक दिन ३–४ हजार विद्यार्थी यही बाटो भएर हिँड्छन् । केही त दिनहुँ लडेर घाइतेसमेत हुने गरेका छन्,’ एक स्थानीयले बताए, ‘सबै अभिभावकले आफ्ना बच्चालाई स्कुलसम्म पुर्‍याउने सुविधा छैन । अहिले खेतीपातीको चटारो पनि छ ।’

स्थानीयको भनाइमा, बजारको सडकबारे पटक–पटक माग गरे पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर यस्तो शैलीमा विरोध गरिएको हो । ‘बजारकै स्थानीय व्यापारी र युवाहरूको सहकार्यमा विरोध स्वरूप गोरु जोतियो र खेतबाट ल्याएको धानको बिउ सडकमा रोप्यौँ,’ उनले भने ।

वि.सं. २०६७ सालमा मंगलसेनको जीरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्मको सडक ६ मिटर चौडाइमा निर्माण गर्ने पहल भए पनि अझैसम्म सडक उस्तै अवस्थामा रहेको स्थानीयको आरोप छ । सडकको अवस्था सुध्रिने कुनै सुनिश्चितता नदेखिएपछि स्थानीय युवाहरू विरोधमा उत्रिएका हुन् ।

यस विषयमा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले भने, ‘मंगलसेन बजारदेखि क्याम्पससम्मको सडक निर्माणको क्रममा छ । निर्माणको बेला सडक हिलो हुनु स्वाभाविक हो ।’ दुई पटक नगर प्रमुख भइसकेका बोहराले बारम्बार स्थानीयको असहयोगका कारण निर्माणमा अप्ठ्यारो परेको दाबी गरे । उनका अनुसार, ‘बर्खाका कारण काम रोकिएको हो, अब वर्षा कम भएसँगै निर्माण कार्य अगाडि बढाइन्छ ।’