२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकको दाबी-‘विपदबाट नागरिक र सम्पत्ति सुरक्षा गर्न सरकार तयारी अवस्थामा छ’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुन नदिन र विपद्पछि नागरिक तथा सम्पत्तिको सुरक्षा गर्न सरकारले तयारी अवस्थामा रहेको बताएका छन्।

मंगलबार सिंहदरवारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौता पश्चात् गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले नेपालमा विपद्को जोखिम उच्च रहेको र हाल मनसुनको प्रारम्भिक चरणमा रहेको उल्लेख गरे। मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति हुने गरेको भन्दै गृहमन्त्री लेखकले विगतका अनुभवलाई आधार मानेर नागरिक र सम्पत्तिको सुरक्षाका लागि पूर्वतयारी आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

गृहमन्त्री लेखकले भने, ‘हामी कहाँ विपद्को जोखिम उच्च रहन्छ। अहिले हामी मनसुनको प्रारम्भिक चरणमा छौँ। मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको छ। हाम्रो विगतका अनुभवले देखाएको छ—यस्तो अवस्थाबाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न हामी तयारी अवस्थामा बस्नुपर्छ। आज जुन सम्झौता (एमओयू) गरिएको छ, यो अत्यन्तै महत्त्वपूर्ण काम हो। काठमाडौँ उपत्यकाभित्र जुनसुकै ठाउँमा जोखिम उत्पन्न भएमा वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट नि:शुल्क उद्धार गर्ने कुरा भएको छ। तपाईँहरूले ठूलो सार्वजनिक दायित्व निर्वाह गर्नुभएको छ।’

सरकार र वायुसेवा सञ्चालक संघबीच काठमाडौँ उपत्यकामा विपद्जन्य जोखिम उत्पन्न भए नि:शुल्क उद्धार सेवा प्रदान गर्ने सम्झौता भएको हो। उपत्यका बाहिर भने आवश्यक परेमा अपरेशनल कस्ट (सञ्चालन खर्च) लिएर उद्धार सेवा दिने समझदारी भएको छ।

खोज, उद्धार तथा उद्धारपश्चात् व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सुरक्षा निकायलाई गृह मन्त्रालयमार्फत परिचालन गरिने बताइएको छ।