काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेश सभाबाट जेठ १९ गते पारित भएको उक्त विधेयकलाई आज प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन्। असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र प्राप्त भएको थियो। तीन दिनसम्मको अध्ययनपछि आज प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेका हुन् ।
लामो समयदेखि प्रतीक्षित यो विधेयकले अब सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ।







