२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चित्रबहादुर केसीको प्रश्न-“नेता र कर्मचारीको मनस्थिति एकात्मक, मुलुक संघात्मक हुन्छ ?”  

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले नेता र कर्मचारीको मनस्थिति एकात्मक भइरहँदा मुलुकलाई संघात्मक संरचनामा लैजान सकिन्छ भन्ने प्रश्न उठाएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले संघीय निजामती सेवा विधेयकको ढिलो प्रक्रिया र कार्यसूचीबाट हटाउने कार्यप्रति गम्भीर आपत्ति जनाए।  “निजामती विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा धेरै छलफल र बहस भएको थियो। अघिल्लो साता नै यो विधेयक पारित हुनुपर्ने थियो, तर कार्यसूचीबाट हटाइयो,” उनले भने।

समितिको निर्णयलाई प्रतिनिधि सभाबाट पुनः हटाइनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले भने, “समिति पनि त  संसद्कै अंग हो। संसदले नै पास गरेको विधेयक कार्यसूचीबाट हटाउनु कति ठूलो आँट हो ? सांसदलाई वाइपास गर्न पाइन्छ भन्ने सोच गलत हो। मलाई रननन् रिस उठेको छ।”

सांसद केसीले समितिका सभापतिलाई सम्झाउँदै भने, “विधेयक कुनै स्वार्थ समूहको हितअनुसार होइन, समग्र राष्ट्रको हितका लागि पारित गर्नुपर्छ।” उनले विधेयक सबैको प्रयासबाट आएको भन्दै संसदमा पेस भएकोमा खुसी व्यक्त गरे।  “समस्या के छ भने, नेता त आउँछन् र जान्छन्, तर कर्मचारी संयन्त्र त स्थायी सरकार हो ” उनले भने। समितिबाट गरिएको कुलिङ पिरियडसम्बन्धी निर्णय विधेयकमा पारित हुनु सकारात्मक पक्ष भएको उनले उल्लेख गरे।

देश सानो भएको र अर्थतन्त्र कमजोर अवस्थामा रहेको सन्दर्भमा उनले संघीय प्रणाली कार्यान्वयन गर्न कर्मचारी तहबाट अवरोध भइरहेको बताए। “सिंहदरबारमा बसेका कर्मचारीहरू प्रदेशमा जान तयार छैनन्। यस्तो प्रवृत्तिले संघीयता बलियो बन्दैन,” उनले तर्क गरे। “नेता र कर्मचारीको सोच एकात्मक, तर मुलुकलाई संघात्मक बनाउने कुरा के सम्भव छ ?” भन्दै उनले पुनः प्रश्न गरे।

उनले विधेयकलाई लोकतन्त्रको जितको रूपमा चित्रित गर्दै भने, “कुनै पनि शासन प्रणाली जनताको सेवा र राष्ट्रको हितका लागि हो। विधेयक समग्र रूपमा ठिक छ।”