काठमाडौँ । रौतहटमा शौचालयको सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका-१० बिनुवा टोलमा सेफ्टी ट्यांकीमा डुबेर मंगलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृत्यु हुनेमा एक वर्षीय रन्जे साह र एक वर्षीया खुश्बु साह रहेका छन् । प्रहरीका अनुसार मृतक दुवै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेको थियो ।
उनीहरूलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।







