२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवदह नगरपालिकाले ल्यायो १ अर्ब ६३ करोड बजेट

अ+ अ-

काठमाडौँ। रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले अनुमानित कुल आय १ अर्ब ६३ करोड ८८ लाख हुने उल्लेख गरेकी छन् । यसमध्ये आन्तरिक राजस्वबाट २१ करोड ८६ लाख ४६ हजार उठाउने लक्ष्य राखिएको छ ।

बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको उल्लेख छ ।

बजेट वक्तव्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा,भूमिहीन व्यवस्थापन तथा आवास सुरक्षा, दिगो र गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।

संघीय सरकारबाट अनुदान, पुँजीगत सशर्त अनुदान र सामाजिक सुरक्षालगायत शीर्षकमा रु. ८५ करोडभन्दा बढी प्राप्त हुने अनुमान छ । यसबाहेक लुम्बिनी प्रदेश सरकार, सडक बोर्ड र शहरी उत्थान कार्यक्रम अन्तर्गत ऋण तथा साझेदारीबाट समेत बजेट व्यवस्थापन गरिएको छ ।

बजेट वक्तव्यमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा २६ करोड ९ लाख छुट्याइएको छ । यो रकम विद्यालयमा दरबन्दी पूर्ति, छात्रवृत्ति, परीक्षा प्रणाली सुधार, विद्यालय ग्रीन स्पेस, विज्ञान शिक्षाका लागि पूर्वाधार निर्माण, नि: शुल्क सेनेटरी प्याड, प्रतियोगितात्मक क्रियाकलापजस्ता कार्यक्रममा खर्च गरिनेछ ।

स्वास्थ्यमा ४ करोड ५७ लाख बजेट छुट्याइएको छ । स्वास्थ्य क्षेत्रमा आधारभूत र आकस्मिक सेवा, औषधोपचार सामग्री खरिद, स्वास्थ्य बीमा अभियान र नागरिकको सहज पहुँचमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

पूर्वाधार निर्माण तथा मर्मतको लागि ६३ करोड ६० लाख विनियोजन गरिएको छ । यसमध्ये शहरी उत्थान कार्यक्रम अन्तर्गत ५२ करोड ३९ लाखको लगानी नगर-संघीय साझेदारीमा हुनेछ । अस्पताल, सडक, खानेपानी, विद्युत्, विद्यालय संरचना र सिँचाइ पूर्वाधारमा समेत बजेट केन्द्रित गरिएको छ ।

सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनलाई जग्गा प्रमाणपत्र दिने, व्यवस्थित बसोबास सुनिश्चित गर्ने कार्यमा २ करोड छुट्याइएको छ ।

कृषि उत्पादन, बजार व्यवस्थापन, कृषि उपकरण, बिजुली सुविधा तथा कृषक सशक्तीकरणका लागि कुल ४५ लाख ३५ हजार छुट्याइएको छ । पशुपालन क्षेत्रमा रोग नियन्त्रण, औषधोपचार, बाँझोपन न्यूनीकरण, वंगुर पकेट विकासलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, अपांग, द्वन्द्वपीडित तथा पिछडिएको वर्गको सशक्तीकरणका लागि उपप्रमुखसँग महिला कार्यक्रम लगायत ५३ लाख बजेट विनियोजन गरिएको छ ।

हरित नगर निर्माण, वृक्षरोपण, फोहोर व्यवस्थापन, जलवायु सजगता तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि ६२ लाख ५० हजार छुट्याइएको छ ।

नगर प्रशासन, सेवा प्रवाह, उत्तरदायित्व विकास, सूचना व्यवस्थापन र आन्तरिक राजस्व प्रणाली सुधारका लागि १७ करोड १६ लाख विनियोजन गरिएको छ ।

देवदह नगरका १२ वटै वडामा १-१ करोडका दरले कुल १२ करोड वडागत कार्यक्रमका लागि छुट्याइएको छ ।