२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदहरुले बजेट पुस्तीका पढेर मात्र संसदमा कुरा उठाउन सहरी विकास मन्त्रीको अनुरोध

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सांसदहरुले बजेट पुस्तीका राम्रोसँग पढेर मात्र संसदमा कुरा उठाउन अनुरोध गरेका छन् । मंगलबार सहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन गरिएको बजेटबारे सांसदहरुले उठाएको प्रश्नहरूको जबाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।

उनले भने, “रामेछाप जिल्लामा ० दशमलव ८ प्रतिशत जनसङ्ख्या भएकोमा सहरी विकास मन्त्रालयमार्फत ० दशमलव ७ प्रतिशत बजेट विनियोजन गरिएको छ, सरकारले आवश्यकताको आधारमा बजेट विनियोजन गरेको हो, त्यसैले बजेट पुस्तीका पढेर संसदमा कुरा उठाउन अनुरोध गर्दछु ।”

सोमबार संसदमा रामेछापबाट निर्वाचित नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले सहरी विकास मन्त्री सिंहले रामेछापमा बजेट योजनाको वितरणमा आवश्यकताको आधार नअपनाएको आरोप लगाएका थिए ।

उनले भनेका थिए, “काठमाडौँ बसेर काठमाडौँकै योजना मात्रै ल्याउने प्रकाशमान सिंह देशभरिको नेता बन्न सक्नुहुन्न, उहाँले रामेछापमा बजेट वितरण गर्दा आवश्यकता भन्दा कम वितरण गर्नुभयो ।” तामाङले बजेट वितरणको असमानताको विरोध गर्दै पार्टीभित्र यसको हिसाब–किताब १५औँ महाधिवेशनमा हुने चेतावनी समेत दिएका थिए ।