काठमाडौँ। झापाको भद्रपुरस्थित भेटेरिनरी अस्पतालका कर्मचारीबीचमा कुटाकुट भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका दुई कर्मचारीबीच विवाद हुँदा कुटाकुट भएको हो ।
सोमबार दिउँसो कार्यालयमा सातौँ तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौँ तहका कर्मचारी रोहित महतमाथि हातपात गरेका छन् ।
उनीहरूका दुईबीचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन् । कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार आन्तरिक मनमुटाबका कारण धकेलाधकेल भएको देखिएको छ । घटनाबारे थप छानबिन गर्न भेटेरिनरी अस्पतालका प्रमुखलाई निर्देशन दिइएको छ ।