काठमाडौँ । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्बजनिक बिदा दिइएको हाे।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले बताएकी छिन्।
