२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत नपठाएको झोकमा मेयरले बुझाए पालिका बन्द गरी प्रजिअलाई साँचो !

अ+ अ-

मेयर भन्छन्, – ‘मन्त्रालयलाई कति पटक भन्नु ? मन्त्रालयमा गएर मन्त्रीज्यूसँग कुरा गर्न खोजे, तर उहाँलाई कुरा सुन्ने फुर्सद नै रहेनछ । त्यसपछि सचिवलाई उपसचिव नआउँदासम्म पालिका बन्द हुन्छ भन्ने जानकारी दिएर आएँ ।’

काठमाडौँ । महोत्तरीको भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले पालिकाका सबै शाखा र वडा कार्यालयमा ताला लगाएर साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

पालिकामा विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नआएपछि कामकाज प्रभावित भएको भन्दै उनले आइतबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयसम्म पनि प्रशासकीय अधिकृत नपठाउँदा काम ठप्प भएको नगरप्रमुख साहले बताए । पालिकाबाट दिइने सेवा जनताले नपाउने भएपछि पालिका खुल्ला गरेर के काम ? उनले भने । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई भेटेर बिन्ती गर्दासमेत उहाँले पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको उनले प्रशासनलाई बताए । उनले भने, ‘काठमाडौँ गएर तीन चार पटक मन्त्रीज्यूलाई भेट्ने प्रयास गरेँ, बल्ल-बल्ल पाँच मिनेट मात्र समय दिनुभयो, पालिकामा उपसचिव पठाइदिनुपर्‍यो भनेर अनुरोध गरेँ, उहाँले हुन्छ हुन्छ त भन्नुभयो, तर अहिलेसम्म पठाउनुभएको छैन ।’

यस्तै केही दिनअघि काठमाडौँ पुगेको बेला पनि पुनः मन्त्रालयमा गएर कुरा गर्न खोजेको तर, मन्त्री गुप्ताले समय नदिएको पनि उनले सुनाए । उनी भन्छन्, ‘भन्नु पनि कति पटक ? एक हप्ताअघि पनि मन्त्रालयमा गएर कुरा गर्न खोजे, तर मन्त्रीज्यूलाई कुरा सुन्ने फुर्सद नै रहेनछ, त्यसपछि मन्त्रालयका सचिवलाई अधिकृत नआउँदासम्म अब कार्यालय बन्द हुन्छ भन्ने जानकारी दिएर आएँ ।’ कर्मचारी अभावका कारण पालिकामा सेवा दिन नसकिएकाले आइतबारदेखि पालिका कार्यालय र ९ वटै वडा कार्यालयहरू बन्द गरिएको उनले बताए । जबसम्म पालिकामा प्रमुख प्रशासकीय अधिकृत सामान्यले पठाउँदैन तबसम्म पालिकाबाट प्रवाह गरिने सेवा सबै ठप्प गर्ने मेयर साहको अडान छ ।

कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या
पालिकाबाट दीर्घ रोगीहरूलाई करिब एक लाखसम्मको औषधी उपचारमा छुट दिने व्यवस्था लागु भएको छ । तर यसमा प्रमुख प्रशासकीय अधिकृत, पालिका प्रमुख र स्वास्थ्य शाखा प्रमुखको हस्ताक्षर भए मात्र जनतालाई उक्त सेवा उपलब्ध गराउन सकिन्छ । पालिकामा ती कर्मचारी नभएकाले दीर्घ रोगीहरूलाई सेवा दिन नसकिएको मेयर साहले बताए ।

साहका अनुसार पालिकामा कर्मचारी अभाव पहिलेदेखि कै मुख्य समस्या हो । आवश्यक दक्ष कर्मचारी नहुँदा पालिकाका सेवाग्राहीहरू मर्कामा परेका छन् । अहिले एउटा वडा सचिवले दुई /दुई वटा वडा कार्यालय हेर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

साहले भने, ‘म यस पालिकामा निर्वाचित भएको यो दोस्रो पटक हो । यहाँ कर्मचारी अभाव उहिले देखिको मुख्य समस्या हो । कर्मचारी समस्या समाधान गर्नको लागि प्रदेश र संघ सरकारसँग समन्वय गर्न खोजियो, तर सुनुवाइ भने हुन सकेको छैन ।’