काठमाडौँ । सैनिक कल्याणकारी कोषको रकम रु. ८७ अर्ब एक करोड पुगेको छ ।
नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइएको छ।
त्यसमध्ये बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात रु ७९ अर्ब २८ करोड ५६ लाख रहेको छ । विभिन्न परियोजनामा लगानी रु सात अर्ब ७२ करोड ४४ लाख रहेको युद्ध कार्य विभागका सहायकरथी रवीन्द्र खत्रीले जानकारी दिए । यसमध्ये नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा रु दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा रु. एक अर्ब ६० करोड ६० लाख लगानी रहेको जानकारी दिइएको छ।
निक्षेपको प्रतिशतमा आएको गिरावटले सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्व प्रभावित पार्ने संगठनले जनाएको छ ।