२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचपिभी खोप अभियानमा संलग्न सबै निकायलाई प्रधानमन्त्री ओलीले दिए धन्यवाद

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी १० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गरेका छन्।

आज सामाजिक सञ्जालमा लेख्दै उनले  खोप लगाउन यस अभियानमा संलग्न भएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद दिएका छन्।

“माघ २२ गतेदेखि सुरु भएको देशव्यापी एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ। हालसम्म १० लाख किशोरीले यो खोप लिइसकेका छन्। अभियान फागुन ६ गतेसम्म चल्ने छ”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप सञ्चालन भएको छैटौँ दिनमा (माघ २८ गते सम्म) १० लाख १६ हजार सात सय ७१ किशोरीले खोप लगाएका छन्।

यो समग्रमा ६० दशमलव ६५ प्रतिशत हो। १६ लाख ७६ हजार चार सय ५२ मध्ये १० लाख १६ हजार सात सय ७१ जना किशोरीले खोप लगाएका हुन्। उनले खोप कार्यक्रम सबैको सहयोगले सफल रूपमा चलिरहेको छ। 

शनिवार विद्यालय बन्द हुनाले खोप अभियान सञ्चालन गरिएको थिएन। उनका अनुसार कोशीमा एक लाख ८१ हजार ५० जना, मधेसमा एक लाख ४८ हजार ५६ जना, बागमतीमा एक लाख ९६ हजार ७४ जना, गण्डकीमा ८६ हजार एक सय १२ जना, लुम्बिनीमा एक लाख ८९ हजार आठ सय ७७ जना, कर्णालीमा ८२ हजार सात सय ९८ जना र सुदूरपश्चिममा एक लाख ३२ हजार आठ सय चार जना किशोरीले खोप लगाएका छन्। 

शाखा प्रमुख डा गौतमले छ दिनको सफलता लक्ष्यअनुसार सबै किशोरीलाई खोप लगाइने जानकारी दिए। सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका सञ्चालन गरेको खोप अभियानमा कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सहभागी हुँदै छन्। 

प्रतिक्रिया दिनुहोस