२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ-मुख्यमन्त्री कार्की

अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्र सेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताएका छन् ।

कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले समाजमा अनुशासन कायम गरी सेवा भाव जगाउने कार्यमा स्काउटले भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे ।

मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद् एवं महामारीका समयमा स्काउटका स्वयंसेवकले गरेका सेवा महत्त्वपूर्ण रहेको स्मरण गर्दै समाज र राष्ट्रलाई सही बाटोमा लैजाने असल नागरिक उत्पादनका लागि प्रदेशका सम्पूर्ण वडा तथा सबै विद्यालयमा स्काउटको विस्तार गर्नुपर्नेमा जोड दिए । उनले स्काउटलाई राजनीतिबाट टाढा राखी विशुद्ध सामाजिक कार्यमा लाग्नुपर्ने सुझावसमेत दिए ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले असल समाज निर्माण गरी आर्थिक र बौद्धिक विकासमा स्काउटको ध्यान केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले विकास एवं अनुशासनमा स्काउटको महत्वमाथि चर्चा गरेका थिए । तीन दिने भेलामा प्रदेशका ६७ पालिका तथा विभिन्न विद्यालयका पाँच हजार विद्यार्थीहरूको सहभागिता रहेको छ । भेलाले  बाढी पहिरो एवं विपद्का समयमा उद्धार, अनुसाशानलगायत स्काउटसम्बन्धी विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ ।