११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाइनुपर्छ : सांसद डा.महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण बनाइदिनुपर्नेमा जोड दिए। मुलुकमा आर्थिक गतिविधि अगाडि बढाउन सरकारले दोस्रो आर्थिक सुधारको काम सुरु गर्नुपर्ने सांसद डा.महतले खाँचो औँल्याए।

सांसद डा महतले आर्थिक मन्दीलाई समाप्त गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको उल्लेख गरे ।  “आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको हो । दुई महिनाभित्रै समस्या टुङ्गो लगाउने विषयको बाध्यतालाई मध्यनजर गर्दै अध्यादेश आएको हुनुपर्दछ”, उनले भने, “कहीँ कतै ‘कन्टेन्ट’मा समस्या छ भने सदनमा छलफल र बहस गरौँ तर, अध्यादेश ल्याएकै कारणले यसको विरोध गर्नुपर्दछ, विधेयक फेल गराउनुपर्दछ भन्ने मान्यता उपयुक्त होइन ।”

 सांसद डा।महतले मुलुकको आर्थिक विकासलाई तीव्रता दिन विद्यमान ऐन कानुनलाई समयसापेक्ष बनाई एकरूपता दिएर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले भने, “लगानीका लागि विश्वव्यापी प्रतिस्पर्धा छ । कानुनलाई समयसापेक्ष नबनाए लगानी भित्रिन समस्या हुन्छ । लगानीप्रतिको कानुनलाई नसच्याउने हो भने स्वदेशी लगानी नहुने र विदेशी लगानी पनि नभित्रिने खतरा रहेकाले लगानीसम्बन्धी विधेयक  चाँडै संसदबाट पारित हुन्छ ।” उनले विधेयक पारित गरेपछि सहज रूपमा आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

   सहकारी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेतर्फ सङ्केत गर्दै उनले अदालतको विषयलाई सरकारसँग जोडेर अनावश्यक रूपमा राजनीतिकरण गर्नु नहुने बताए । सहकारी प्रकरण अहिले अदालतको विषय भएकाले अदालतको निर्णयलाई सबैले स्वीकार्नुपर्ने भन्दै उनले पीडितले न्याय पाउने विषयलाई सरकारले तदरुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस