काठमाडौँ । सडक पेटीमा माटो खसाल्ने एक व्यक्तिलाई काठमाडौँ महानगरपालिकाले कारबाही गरेको छ ।
महानगरपालिकाको नगर प्रहरी बलले २९ नम्बर वडाको बागबजारको सडकपेटीमा माटो खसालेको भन्दै जरिवाना गरेको हो ।
माटो खसाल्ने अनिल राईलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।







