२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरको विकास तपाईँले कहाँ अड्काउनुभयो ? ओलीलाई काँग्रेस सांसद थापाको प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले भक्तपुरमा विकास अड्किएको बताएका छन् । सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरमा विकास किन अड्क्यो भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘देशको अर्थतन्त्रबारे प्रधानमन्त्री पनि जानकार नै हुनुहुन्छ, तर पछिल्लो समय भक्तपुरमा विकास हरायो, प्रधानमन्त्री यही हुनुहुन्छ, विकासको प्रक्रिया कहाँ अड्कियो ? प्रधानमन्त्रीलाई प्रश्न गर्छु, भक्तपुरको विकास तपाईँले कहाँ अड्काउनुभयो ? कुनै राजनीतिक दलको लागि मात्रै विकास निर्माण अड्किएको हो भने आजैदेखि भन्छु, विकास निर्माणको काम सरकारको नेतृत्व गरेको दलले लिने कि नलिने ?’

सांसद थापाले अहिले काँग्रेस र एमाले एउटै सरकारमा भएकाले विकास निर्माणको गाँठो फुकाउनुपर्नेमा जोड दिए ।

उनले एमाले नेता महेश बस्नेतलाई लक्षित गर्दै भक्तपुरमा आफ्नै खल्तीबाट रकम हालेर काम गरे जस्तो गरेर प्रचार नगर्न आग्रह गरे ।

नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापतिसमेत रहेको सांसद थापाले विगतमा प्रतिस्पर्धा भए पनि विकास निर्माणको लागि सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस