२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-जैविक विविधता संरक्षण हाम्रो कृषिको मूल आधार हुनुपर्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए ।

कृषि विधेयक २० गतेभित्र संसदमा दर्ता गर्ने मन्त्रालयको तयारी रहेको थापाले जानकारी दिए । ‘अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुन बनाए पनि यसको मूल कानुन अहिलेसम्म नबनाउँदा नेपाली कृषि क्षेत्रको दिशा कुन हुने भन्ने स्पष्ट थिएन,’ उनले भने, ‘कृषिले जुन गति र लय समात्नुपर्ने थियो, त्यहाँ हाम्रा केही ग्यापहरू छन् ।’

कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक एउटा महत्त्वपूर्ण दस्ताबेज बन्ने महामन्त्री थापाले दाबी गरे । ‘यसपटक सरकारले ल्याउने कानुनमा कृषिको जैविक विविधताको विषय नेपालको कृषिको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ,’ उनले भने ।

रैथाने बीउ-बिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण स्थानमा दिनुपर्ने उनले बताए । ‘खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ,’ उनले भने, ‘कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मूल आधार बन्छ कि बन्दैन भन्ने कुरा यो कानुनले टुंग्याउँछ ।’

महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरू महत्त्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको स्वीकारे ।