२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली पुगेर शेखरले भने-गेटा अस्पताल पूर्णरुपमा सञ्चालनका लागि पहल गर्छु

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कैलालीको गेटा अस्पताल पूर्णरुपमा सञ्चालनका लागि पहल गर्ने बताएका छन् । आइतबार अस्पतालको अवलोकन गर्दै उनले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढाउन कुन प्रक्रियागत समस्याले रोकिएको हो भन्नेमा समेत चासो देखाएका छन् ।

डा. कोइरालाले सुदूरपश्चिमका नागरिकका लागि दिगो र बलियो स्वास्थ्य सेवा आवश्यक रहेको बताए । उनले अस्पतालका निर्देशक डा. अशोक श्रीपाइलीसहित अस्पतालका कर्मचारीसँग उनले छलफल गरे । निर्देशक डा. श्रीपाइलीले अस्पतालको शय्या क्षमता करिब ६०० रहेको जानकारी दिए ।

‘गेटा अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याउन सक्दो पहल गर्ने छु,’ डा. कोइरालाले भने, ‘ऐन, कानुन बनाउन ढिलाइ भइरहँदा कैलालीको गेटा मेडिकल कलेजलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले कदम चाल्नुपर्ने छ ।’

ऐन अभावमा मेडिकल सञ्चालन गर्न समस्या भएपनि जनतालाई स्वास्थ्य सेवा दिन अस्पताललाई पूर्ण क्षमतामा चलाउन आफूले पहल गर्ने डा. कोइरालाले बताए ।

गेटामा अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, शव घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा ३०० शय्याको अस्पताल चाहिने उल्लेख छ । गेटा अस्पतालले पछिल्लो समय ५० शय्या मात्रै सञ्चालनको अनुमति पाएको छ । प्रस्तावित विश्वविद्यालयमा पठनपाठन थालिहाल्न प्रादेशिक अस्पताललाई अभ्यासका लागि प्रयोग गर्न सकिने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस