काठमाडौँ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल एवं निर्णय गर्नेछ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरिसकेकी छन् ।