पूर्वसांसद ढाका कुमारलाई ३ दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्वसांसद ढाका कुमारलाई ३ दिन हिरासतमा राख्न अनुमति


२८ भाद्र २०८१, शुक्रबार


काठमाडौँ। लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराउनको थियो । अदालतले तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ । 

३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस