काठमाडौँ । सरकारले ४७९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना लगायतका निकायहरूका लागि सो दरबन्दी स्वीकृत गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को लागि उक्त संख्यामा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।