काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ ।
प्रशासन स्रोतलाई प्राप्त जानकारी अनुसार बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवाबारे निर्णय गर्न सक्ने बताइएको छ । साथै केही नियुक्तिहरूसमेत हुन सक्ने पनि बुझिएको छ ।







