देउवा, ‘प्रचण्ड’ र माधव आज एउटै मञ्चबाट सम्बोधन गर्दै « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

देउवा, ‘प्रचण्ड’ र माधव आज एउटै मञ्चबाट सम्बोधन गर्दै


४ भाद्र २०८१, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै मञ्चमा देखिँदैछन् ।

नेपाली काँग्रेसका पूर्वनेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसको कार्यक्रममा स्कुल अफ डेमोक्रसीले एउटै मञ्चमा ल्याउन लागेको हो ।

कार्यक्रम आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदै छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा काँग्रेस सभापति देउवा सहभागी हुने छन् । विशिष्ट अतिथिको रूपमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली काँग्रेसका नेता डा। शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

देउवा, ‘प्रचण्ड’ र माधव नेपाल एउटै सार्वजनिक मञ्चमा लामो समयदेखि देखिएका छैनन् । उनीहरू स्थानीय तह निर्वाचनको बेलामा चितवनमा एउटै मञ्चमा सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस