बांङ्गलादेशका प्रधान न्यायाधीशले दिए राजीनामा « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बांङ्गलादेशका प्रधान न्यायाधीशले दिए राजीनामा


२६ श्रावण २०८१, शनिबार


काठमाडौँ । बांङ्गलादेशका प्रधान न्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बांङ्गलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।

‘हाम्रा प्रधान न्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पत्र कानून मन्त्रालयमा आइसकेको छ । हामी यो पत्र ढिला नगरी राष्ट्रपति समक्ष फटाउनेछौँ’, उनले शनिबार दिउँसो फेसबुकमा पोस्ट गरेको भिडिओमा भनेका छन् ।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बांङ्गलादेशको सर्वोच्च अदालतबाहिर प्रधान न्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानूनमन्त्री नजरुलले अरु न्यायाधीशको भने राजीनामा नआएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस