काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो ।
पोखरा उच्च अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गरिएको छ ।
त्यस्तै राजश्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा पोखरा उच्च अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय परिषद्ले गरेको छ ।








