सञ्चार सचिव अर्याललाई अलुम्नाइको बधाई « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सञ्चार सचिव अर्याललाई अलुम्नाइको बधाई


२२ श्रावण २०८१, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याललाई टोकियो विश्वविद्यालय अलुम्नाइ एसोसिएसन (युनिभर्सिटी अफ टोकियो अलुम्नाइ एसोसिएसन, नेपाल)ले बधाई दिएको छ । अर्याल सञ्चार सचिवमा पदवहाली भएको अवसरमा अलुम्नाइले शुभकामनासँगै बधाई दिएको हो ।

एसियाको हार्वर्ड भनेर चिनिने जापानको टोकियो विश्वविद्यालयबाट अध्ययन गरी स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूले सन् २०१७ मा स्थापना गरेको टोकियो विश्वविद्यालय अलुम्नाइ एसोसिएसनले सोही विश्वविद्यालयबाट अध्ययन गरी फर्किएकी अर्याल सञ्चार सचिवमा पदवहाली भएको अवसरमा मन्त्रालयमै भेटेर बधाई ज्ञापन गरेको हो । बधाई कार्यक्रममा अलुम्नाइहरू जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. राजन भट्टराई, एनसेटका निर्देशक डा. रमेश गुरागाईँ र हर्ड इन्टरनेसनलका वरिष्ठ स्वास्थ्य अनुसन्धानकर्ता भरत भट्टलगायतको उपस्थिति रहेको अलुम्नाइका संयोजकसमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहालले जानकारी दिए ।

सचिव अर्यालले टोकियो विश्वविद्यालयबाट सन् २०१० देखि २०१२ सम्म सार्वजनिक नीति विषयमा स्नातकोत्तर अध्ययन गरेकी थिइन् । जापानमा अध्ययन गरी लगत्तै स्वदेश फर्किएकी अर्यालले शाखा अधिकृतको तहबाट सिधै सहसचिवको पदमा लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएकी थिइन् । 

अलुम्नाइले अनुसन्धान एवं सोधका अतिरिक्त सार्वजनिक नीति विषयमा विभिन्न प्राज्ञिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा अलुम्नाइले विभिन्न चार वटा कार्य समूहहरू गठन गरी विधागत रूपमा कामहरू गर्दै आएको सहसचिव दाहालले बताए । दाहालका अनुसार अलुम्नाइले आफ्नो वार्षिक बैठक आगामी साता काठमाडौँमा आयोजना गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस