महानिर्देशकसहित चार सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ? « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महानिर्देशकसहित चार सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?


२१ श्रावण २०८१, सोमबार


काठमाडौँ । महानिर्देशकसहित चार जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास विभागका महानिर्देशकसहित सहसचिवहरूको सरुवा गरेको हो ।

गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हालेका जीवछ मण्डललाई ६ महिनामा नै जिम्मेवारी हेरफेर गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले यसअघि दुई पटक महानिर्देशक रही सकेका नवीनराज सिंहलाई तेस्रो पटक महानिर्देशक बनाएका छन् । उनी मन्त्रालयमा ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

मन्त्रालयको ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा ऊर्जा आयोगका सहसचिव चिरञ्जीवी चटौतलाई ल्याइएको छ । मण्डललाई आयोगमा पठाइएको छ । यस्तै मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पठाइएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस