२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च नैतिक चरित्र नदेखिएको भन्दै कृष्णमानमाथि सांसदहरूले उठाए प्रश्न 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको बुधबार संसदीय सुनुवाइ समितिमा सुनुवाइ सकिएको छ । उनले सुरुमा आफ्नो कार्ययोजना प्रस्तुत गरे, त्यसपछि सांसदहरूसँग प्रश्नोत्तर भएको थियो । प्रश्नोत्तरका क्रममा सांसदहरुले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको बताएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानलाई आफूविरुद्ध लागेको आरोपको कसरी बचाउ गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् । ‘गम्भीर प्रश्न समाजमा छन् । तीन चार वटा उजुरी एउटै खालको छ । तपाईँलाई (प्रस्तावित पदमा) अयोग्य ठानेमा कसरी आफ्नो बचाउ गर्नुहुन्छ ?’

नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले ‘एनजीओमा जागिरको लोभ देखाएर शारीरिक हिंसा गरेको’ उजुरी प्रधानविरुद्ध परेको बताइन् । यस्तो उजुरी विगतमा आफूले नसुनेको उल्लेख गर्दै उनले शारीरिक हिंसाबारे जिज्ञासा राखेकी छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले पनि प्रधानलाई आफूविरुद्ध लागेको उजुरीबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।

प्रधानको यसअघि असार २१ गते नै सुनुवाइ हुने तय भएर पनि रोकिएको थियो । यौन शोषण गरेको जस्तो आरोप लागेको भन्दै समितिले २० गते उजुरीकर्ताको कुरा सुनेर बैठक स्थगित गरेको थियो ।

असार २१ गते तय भएर रोकिएको सुनुवाइ बुधबार भएको हो ।

गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषद्ले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । त्यसपछि प्रधानलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै चार वटा उजुरी परेका थिए । एक जना महिला आफैँले यौन शोषणमा परेको उजुरी दिएकी थिइन् । ती महिलासँग सुनुवाइ समितिले असार २० गते उजुरीको आधार र कारणबारे छलफल गरेको थियो ।

उजुरीकर्ताले दिएको उजुरी र दिएका आधारमा सांसदहरुले प्रश्न गरिरहेका छन् ।

नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानको योग्यता र अनुभवमा प्रश्न नरहेको बताए । ‘तर, तपाईंविरुद्धको उजुरी जटिल र गम्भीर छ । तपाईँमाथिको आरोप हेर्दा तपाईँलाई आभास होला’ भनेका थिए ।

एमालेकी सांसद ईश्वरी घर्तीले ‘सन् २०१७ देखि २०२३ सम्म एकजना महिलासँग सम्बन्ध भएको, त्यो सम्बन्ध राम्रोबाट सुरु भएर लेनदेनमा पुगेर टुंगिएको देखिएको’ उल्लेख गर्दै वास्तविकता माग गरेकी छन् ।

संविधानको धारा २४५ को ६ को ‘घ’ मा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था छ । यसैलाई आधार बनाएर प्रधानमाथि सांसदहरुले प्रश्न गरिरहेका छन् । सांसदहरुले प्रधानलाई आफ्नो उच्च नैतिक चरित्र पुष्टी गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस