२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्‍याए : प्रेम सुवाल

अ+ अ-

काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँ-गाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभाका माननीय सदस्यहरूले काठमाडौँमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरवार ल्याइदिएको बताएका छन्।

भक्तपुर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै उनले भने यस्तो बताएका हुन् । सरकारको योजना सिंहदरवार गाउँ-गाउँ पुर्‍याउने रहेको तर व्यवहारमा भने गाउँ-गाउँलाई सिंहदरवार ल्याइपुर्‍याएको बताए ।

उनले भने, ‘प्रतिनिधि सभाका २७५ सदस्यहरूमध्ये ७०/८० जना सदस्यले मात्रै काठमाडौँमा घर बनाउन भ्याएका छैनन्, बाँकी सबैले काठमाडौँमा घर बनाइसके ।’ अब यस्तो अवस्थामा गाउँ-गाउँमा कसरी सिंहदरवार पुग्छ भनी उनले प्रश्न गरे।

उनले निर्वाचनको बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर झुटो आश्वासन दिने तर निर्वाचन जितेर आएदेखि काठमाडौँको घरमा बस्न आउनु विडम्बनापूर्ण रहेको बताए ।

‘उहाँहरू (माननीय) चुनावका बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर जनतालाई झुटो आश्वासन दिनुहुन्छ। तर जब चुनाव जित्नुहुन्छ अनि काठमाडौँको घरमा आएर बस्नुहुन्छ फर्केर जानु हुन्न। यो जस्तो विडम्बना अरू के होला ?’ उनले भने ।

उनले निर्वाचित क्षेत्रमै सांसदहरूलाई बस्नुपर्ने बाध्यता र काठमाडौँमा घर बनाउन नपाउने गरी नियम बनाउनु पर्ने बताए ।

‘उहाँहरू (माननीय) जुन क्षेत्रबाट निर्वाचित हुनुहुन्छ, , सोही क्षेत्रमै बस्नुपर्ने बाध्यता गर्न र काठमाडौँमा घर बनाउन दिन नपाउनुपर्ने नियम अब बनाउनुपर्‍यो। त्यसपछि मात्रै गाउँ-गाउँमा सिंहदरवार पुग्छ। नत्र त फेरि उही गाउँलाई लिएर उहाँहरू सिंहदरवार छेउमा आइपुग्नुहुन्छ।’ उनले भने ।