अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ : एमाले « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ : एमाले


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । सत्तापक्षले प्रतिपक्षीको अवरोध जारी रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी गरेको छ । आज संसद् बैठक बाहिर पत्रकारसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै बजेट ल्याइने बताए ।

उनले भने, ‘काँग्रेसको अवरोध र नाराबाजी भइराख्यो भने पनि अरु बाटोभन्दा संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीले नाराबाजीकाबीचबाट पनि, नाराबाजीले डिस्टर्व र असहज भयो भने कानमा कपास राखेर भने पनि बजेट पढ्नुपर्ने हुन्छ । अरू बाटोमा जान्दैनौँ ।’

उनले प्रमुख प्रतिपक्षसँग सहकार्य र सहमतिकै माध्यमबाट अघि बढ्ने पक्षमा आफूहरू रहेको बताए । तर, काँग्रेसको अडान सम्भव हुने खालको नभएको बर्तौलाको टिप्पणी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस