२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद खुलाउन छिट्टै निष्कर्षमा पुग्ने ओलीको आश्वासन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् ।

सभामुख देवराज घिमिरेले सोमबार अपराह्न ओलीसँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा सभामुख घिमिरेले संसद अवरोध अन्त्य गर्न र नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसद सौहार्दपूर्ण हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।

जवाफमा अध्यक्ष ओलीले संसद खुलाउने विषयमा छिटै निष्कर्षमा पुग्ने जवाफ दिएका सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारीको बचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग राखेर संसद अवरोध गर्दै आएको छ ।

समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने काँग्रेसको चेतावनी छ । सरकार र सत्ता गठबन्धन भने छानबिन समिति गठन गर्न तयार भएको छैन ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न मंगलबार दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बोलाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने काँग्रेसको चेतावनीपछि सभामुख घिमिरेले शीर्ष नेताहरूसँग संवाद गरेका छन् ।

सभामुख घिमिरेले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरेका थिए ।

सभामुख देवराज घिमिरेले सोमबार दिउँसो प्रमुख विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस