राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा खर्च भयो ५५ लाख « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा खर्च भयो ५५ लाख


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । जाजरकोटमा भूकम्प गएपछि १० दिने युरोप यात्रा रद्द गरेका राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण तयारी अन्तर्गत अग्रिम काटिएका टिकटको भुक्तानीमा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलको फ्रान्स, इटाली र जर्मनी भ्रमणको पूर्वतयारी अन्तर्गत काटिएका टिकटको भुक्तानीमा सो रकम खर्च भएको हो ।

राष्ट्रपति पौडेल २२ कात्तिक २०८० देखि १० दिनका लागि युरोप भ्रमणमा निस्कने योजना थियो । तर, गत १७ कात्तिक राति जाजरकोटमा भूकम्प आएको थियो । भूकम्पमा परी १ सय ५३ जनाको मृत्यु भएको थियो ।

मुलुकमा असहज परिस्थिति आएको भन्दै राष्ट्रपतिले भ्रमण रद्द गरेका थिए । तर, काटिसकेका टिकट रद्द गर्दा मुलुकले ५५ लाखभन्दा धेरै रकम गुमाउनुपरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस