सनाखतका लागि कोशी प्रदेश प्रमुखले बोलाए हिक्मत कार्कीका समर्थकलाई « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सनाखतका लागि कोशी प्रदेश प्रमुखले बोलाए हिक्मत कार्कीका समर्थकलाई


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन भनेका छन् ।

कार्कीले आज नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरे लगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका थिए।

प्रदेश प्रमुख खापुङले ती समर्थकहरूलाई आजै उपस्थित भई सनाखत गर्न भनेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए ।

सरकार गठनको आह्वानविरुद्ध कामचलाउ भएका मुख्यमन्त्री कार्की सर्वोच्च अदालत जाँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस