विदेशका नेपालीलाई मताधिकार दिन जनमतको माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विदेशका नेपालीलाई मताधिकार दिन जनमतको माग


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । जनमत पार्टीले विदेशमा भएका नेपालीलाई मताधिकार दिन माग गरेको छ । नोट चल्ने तर भोट नचल्ने हुनु नहुने भन्दै जनमतले मताधिकार दिन आग्रह गरेको हो ।

आज पार्टी प्रमुख डाक्टर सिके राउतले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ५ बुँदे माग पत्र पेस गरेको छ ।

कतार, साउदी र जापान पुगेर आएपछि नेपाली कामदारको जानकारी लिएको भन्दै राउतले विदेशका नेपालीले वर्षको १५ खर्ब रेमिटेन्स दिएको तर राज्यले हटलाइन, हेल्प डेस्क तथा मताधिकार नदिएको गुनासो गरेका छन् ।

खाडीका नेपालीलाई अङ्ग्रेजी र अरबी मात्र होइन नेपाली पनि धेरैलाई नआएको भन्दै राउतले ती कामदारले दूतावास लाई सेवामा सहयोग माग्दा सहज नभएको र बानी राम्रो नदेखाइएको आरोप समेत लाएका छन् ।

यो सकस हल गर्न दूतावासका कर्मचारीलाई तालिम दिन आवश्यक भएको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस