बलात्कार र अपहरण मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै १७ लाख ठगी गर्ने पक्राउ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

बलात्कार र अपहरण मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै १७ लाख ठगी गर्ने पक्राउ


१९ बैशाख २०८१, बुधबार


पक्राउ

काठमाडौँ । बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-२३ बैराठपुरका २५ वर्षीय सहदेव पटेल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।

अपहरण र बलात्कार आरोपमा पुर्पक्षमा वीरगन्ज कारागारमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनले १० लाख ठगी गरेको आरोप छ । त्यसैगरी बलात्कार केशमा पुर्पक्षमा थुनामा रहेका अर्का व्यक्तिलाई छुटाइदिने भन्दै उनले ७ लाख लिएर ठगी गरेको खुलेको बारा प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस