२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इन्जिनियर भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सरोजले भ्रष्टाचार गरी भक्तपुर तत्कालीन गुण्डु गाविस वडा नं. ३ स्थित कित्ता नम्बर १३७४ को २ रोपनी ९ आमा एक दाम र कित्ता नम्बर १३७५ को २ आना एक पैसा जग्गा आफ्नो नाममा दर्ता गराएको आरोप छ ।

उनले जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस माग गरी ठेक्का ती प्रोप्राइटरको बैंक खाताबाट जग्गा विक्रेताको बैंक खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ पठाइदिएको खुलेको थियो। पछि जग्गा खोजिदिने व्यक्तिले समेत जग्गा धनीको बैंक खातामा ३८ लाख ७ हजार २ सय रुपैयाँ पठाइदिएको खुलेको थियो ।

त्यसैले सरोज भट्टराईलाई ८० लाख बिगो कायम गरी कैद सजाय, बिगो बमोजिम जरिवाना र जग्गा जफतको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनकी आमा जनक नन्दनी भट्टराईलाई पनि सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस