१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दल निकट ट्रेड युनियन नराख्न प्रधानमन्त्रीलाई रघुजी पन्तको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीमा एउटा ट्रेड युनियन भए पुग्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले एकभन्दा बढी र राजनीतिक दल निकटका कर्मचारी ट्रेड युनियन आवश्यक नरहेको बताए । यसोभन्दा आफ्नो पार्टी निकटका कर्मचारीहरूले गाली गर्न सक्ने उल्लेख गर्दै उनले गाली खान तयार भएर यस विषयमा बोल्न आवश्यक रहेको बताए ।

दल निकटका ट्रेड युनियन हटाउन कुनै एउटा राजनीतिक दलले चाहेर नहुने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको पहलकदमी आवश्यक रहेको बताए ।

‘दल पिच्छेको ट्रेड युनियन हटाउन प्रधानमन्त्रीले पहल लिनुपर्‍यो । नेता त्यो हो जसले राष्ट्रको हित हेर्छ । यो आँट कुनै दल एमाले, काँग्रेस, माओवादीले गरेर वा चाहेर हुँदैन । प्रधानमन्त्रीले पहल गर्नुपर्छ’ एमाले सांसद पन्तले भने ।

दल पिच्छेका ट्रेड युनियन हटाएर एउटा ट्रेड युनियन राखे हुने उल्लेख गर्दै उनले हिम्मत गरेर पहल लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस