विनोद चौधरीबारे सभामुखलाई किन पत्र लेखेको ? भन्दै गृहमन्त्रीलाई बडूको प्रश्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विनोद चौधरीबारे सभामुखलाई किन पत्र लेखेको ? भन्दै गृहमन्त्रीलाई बडूको प्रश्न


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौँ भनेर सभामुखलाई पत्र लेख्नुको कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडूले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको स्मरण गरे । तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाइएको भन्दै उनले भने, ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि ? आफ्नो ठाउँ लिइहाल भनेर हो कि ? पूर्वाग्रह राखेको हो ?’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालै मात्र सभामुखलाई पत्र लेखेर बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा सांसद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

सम्बन्धित समाचार : सिआइबीले सभामुखलाई गरायो विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी

त्यसको भोलिपल्ट चौधरीले सरकारी वकिलको कार्यालय, काठमाडौँमा पुगेर बयान दिएका थिए ।

सम्बन्धित समाचार : कार्यालय खुल्नु अगाडि नै विनोद चौधरीको बयान, राजनीतिकरण गर्न खोजिएको टिप्पणी

Tags :
प्रतिक्रिया दिनुहोस